राष्ट्रपति रामचन्द्र पौडेलले इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेका छन् ।

सोमबार पदभार ग्रहण गरेको दिन उनले लम्साललाई नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम उनलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।