श्रीकुन्तादेवी मेडी क्लिनिक प्रा.लि. घट्टेकुलोले आर्थिक रुपले बिपन्न समुदायको लागि हरेक शनिवार निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ ।
अनुभवी चिकीत्सक जनरल फिजिसियन डा. आर्यान दाहाल र बरिष्ठ फिजिसियन तथा मधुमेह, थाईराईड बिशेषज्ञ डा। राजेन्द्र भण्डारीले निःशुल्क परिक्षण र परामर्श सेवा दिने श्रीकुन्तादेवी मेडी क्लिनिकका सञ्चालक कुमार थापाले जानकारी दिए ।
निःशुल्क शिविरमा सुगर, ब्लडप्रेसर, थाईराईड तथा स्त्रीरोगको परिक्षण र परामर्शसमेत दिईने थापाले बताए ।
पछिल्लो समय सुगर, प्रेशर, मुटु र मृगौलाका रोगीको संख्या बढ्दै जाँदा नियमित परिक्षण र परामर्शको लागि शिबिर आयोजना गरेको बताईएको छ ।

नियमित परिक्षण गर्न हिच्कीचाउने र आर्थिक अवस्था कमजोर भएर रोग पाल्न बाध्य हुनेहरुले सेवा प्राप्त गर्न सक्ने छन् ।
शिबिरमा बिशेष गरी महिला, ज्येष्ठ नागरिक र बालबालिकालाई प्राथमिकता दिईएको डा. राजेन्द्र भण्डारीले बताए ।








