प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरुको संयुक्त बैठक सकिएको छ ।
बैठकले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका पार्टीहरू निरन्तर छलफलमा छन् ।
यसअघि २३ फागुनमा समेत उनीहरुको बैठक बसेको थियो । बैठकले शान्ति प्रकियाको बाँकी कामलाई टुंगो लगाउन सरकारसँग माग गरेको थियो ।
आजको बैठकमा पनि प्रचण्डसहित माओवादी धारका नेताहरु सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, कर्णजित बुढाथोकी, हेमन्तप्रकाश ओली लगायत सहभागी थिए ।








