सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता हुने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी संशोधित विधेयक दर्ता गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाइ यथाशीघ्र मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको छ ।