राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

शनिबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा संयुक्त बैठक बोलाएको प्रवक्ता एवंम प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । परिवर्तित राजनीतिक परिस्थितिबारेछलफल गर्न बैठक बोलाइएको उनले जानकारी दिए ।

यसअघि शुक्रबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ । संयुक्त बैठकले सरकारमा बस्ने नस्नेबारे निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

यसैबीच राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको राष्ट्रिय भेला शनिबार काठमाडौंमा सुरु हुँदैछ । धुम्बाराहीस्थित एसआर बेंक्वेटमा आइबारसम्म चल्ने भेलाको उद्घाटन पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दिउँसो १ बजे गर्ने कार्यक्रम छ।