स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् ।

बिरामीको सुरक्षा सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन मन्त्री गिरी नेतृत्वको टोली गएराति स्वीटजरल्याण्ड प्रस्थान गरेको हो। कार्यशाला स्वीटजरल्याण्डको मोन्ट्रक्समा २३ र २४ फेब्रुअरीमा आयोजना हुँदैछ।

टोलीमा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डाक्टर कृष्णप्रसाद पौडेल र मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरी छन्।