पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव अघि सारेका छन ।

राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन । देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने उनले बताएका हुन ।

पूर्वराजा शाहले आफ्नो शन्देशमा नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन बस्न नसक्ने समेत बताएका छन । पछिल्ला वर्षहरूमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेकोप्रति उनले चिन्ता समेत व्यक्त गरेका छन ।

राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहोरिंदै तेहरिंदै आएता पनि वा फेरिंदै बदलिंदै गएता पनि विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन नसकेको उनले जारी गरेको सन्देशमा भनिएको छ ।

हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशा लाग्दा नतिजाहरूप्रति पूर्वराजा शाहले आशा समेत व्यक्त गरेका छन ।

पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव, भने -‘अब मौन बस्न सक्दिन’