सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्जजनिक बिदा क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज (शुक्रबार) सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसअघि सरकारले दिएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको जानकारी दिइन ।

सञ्चारमन्त्री शर्माका अनुसार २०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा दिइने सार्वजनिक बिदा पुनरावलोकनको काम आगामी भदौसम्ममा सक्ने बताइन । साथै बिदा व्यवस्थित गर्ने निर्णय गरिएको जानकारी पनि मन्त्री शर्माले दिइन ।

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय