काठमाडौं । गत माघ १ गते यातायात मजदुर संघले सरकार विरुद्ध गरेको आन्दोलनको नाममा काठमाडौंको नयाँबसपार्कमा रहेको लोत्से मलको मोबाइल पसल अप्रत्यासित रुपमा लुटपाट हुँदा भएको क्षतीपूर्ति सहित घटनामा संलग्न सबैलाई कारबाहीको माग गर्दै रञ्जना व्यापार संघले नेपाल सरकारलाई विज्ञप्ति सहित ध्यानाकार्षण गराएको छ ।

रञ्जना व्यापार संघकी अध्यक्ष बिना श्रेष्ठले मोबाइल व्यवसायी अर्जुन चालिसेको पसलमा भएको लुटपाटको घटनाले आफू लगायत सम्पुर्ण व्यापार संघ नै चिन्तीत भएको बताउँदै घटनामा संलग्न जो कोहीलाई चाँडोभन्दा चाँडो कारवाहीको दायरामा ल्याई आवश्यक क्षतिपूर्ति दिलाउन सरकार समक्ष आग्रह गरेकी छिन् ।

लोत्से मलको मोबाइल पसल लुटपाट घटनाको जायज माग सुनुवाई गर्न सरकारलाई रञ्जना व्यापार संघको विज्ञप्ति
आन्दोलनको नाममा भएको यति ठूलो लुटपाट भोलिका दिनमा जो कोही व्यवसायीलाई पनि आइपर्न सक्ने भन्दै उनले व्यवसायीले आफ्नो व्यवसाय सुरक्षित एवम् भयरहीत वातावरणमा संचालन गर्ने अवस्था सृजना गर्न र सौहार्दपुर्ण वार्ताबाट जायज मागको सुनुवाई गरिदिन सरकार समक्ष विज्ञप्ति मार्फत ध्यानाकार्षण गराइन् ।
लोत्से मलको मोबाइल पसल लुटपाट घटनाको जायज माग सुनुवाई गर्न सरकारलाई रञ्जना व्यापार संघको विज्ञप्ति
काठमाडौं मुटु मानिने नयाँबसपार्क जस्तो ठाउँमा दिनदहाडै पसल फोडेर लुटपाट हुँदा पनि सरकार मौन बसेको भन्दै व्यवसायीहरुमा निराशा छाएको छ । सरकारबाट पाउनुपर्ने आवश्यक सुरक्षा नहुँदा भोलिका दिनहरुमा पनि आन्दोलनको नाममा यस्तै लुटपाटको घटना नबढ्ला भन्न सकिदैन । यस घटनाप्रति नेपाल सरकारको ध्यान जान र पिडित पक्षले चाँडोभन्दा चाँडो आवश्यक क्षतिपूर्ति पाउन एकदमै जरुरी छ ।