काठमाडौं ।  सुनौलाबजार नेवारपानी धादिङ जन्मथलो भई काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका सदस्यहरुकोे साझा संस्था सुनौलाबजार नेवारपानी समाज काठमाडौंले आफ्नो प्रथम वार्षिक साधारणसभा तथा बनभोज कार्यक्रम भव्यताका सम्पन्न गरेको छ ।

गत शनिवार काठमाडौंको चन्द्रागिरीस्थित त्रिभुवन पार्कमा आयोजित साधारण सभा तथा बनभोज कार्यक्रमको प्रमुख आतिथ्यता समाजका अग्रज व्यक्तित्व शिवराज दाहालको रहेको थियो भने सभापतित्व समाजका अध्यक्ष रविन्द्र रिजालले गरेका थिए ।

सुनौलाबजार नेवारपानी समाज काठमाडौंको प्रथम वार्षिक साधारणसभा तथा बनभोज कार्यक्रम सम्पन्न (फोटो फिचर)
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शिवराज दाहालले संस्थाको उन्नती प्रगतिको कामना गर्दै जस्तोसुकै परिस्थितिमा पनि सधैं संस्थालाई साथ सहयोग गर्नेे प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै समाजका अध्यक्ष रविन्द्र रिजालले समाज स्थापनाको छोटो समयमै थुप्रै कार्यहरु गर्न सफल भएको भन्दैै छरिएर रहेको समाजलाई एकीकृत गर्दै लैजानु नै समाजको प्रमुख उद्देश्य रहेको बताए ।

नेवारपानी समाजमा डाक्टर, इन्जिनियर, कानुनविद्, अर्थविद्, राजनितिज्ञ, कलाकार, पत्रकार, लेखक, उद्योगी, व्यवसायीहरु आवद्ध भएको हुनाले सबैलाई संगठित गरेर नमुना समाज निर्माण गर्ने योजना समाजको रहेको अध्यक्ष रिजालले जानकारी दिए ।

सुनौलाबजार नेवारपानी समाज काठमाडौंको प्रथम वार्षिक साधारणसभा तथा बनभोज कार्यक्रम सम्पन्न (फोटो फिचर)
कार्यक्रममा बोल्दै समाजका सचिव बैकुण्ठ दाहालले १०–१२ जना जम्मा भएर स्थापना गरेको संस्था स्थापनाको छोटो समयमै लगभग डेढ सय सदस्यहरु आवद्ध बनाउन सफल भएकोले आफूलाई काम गर्न अझै हौसला बढेको बताए । साथै आगामी दिनहरुमा समाजका अग्रज व्यक्तित्वहरुको सल्लाह सुझावबमोजिम नै संस्थालाई अघि बढाउँदै लैजाने समेत जानकारी दिए ।
सुनौलाबजार नेवारपानी समाज काठमाडौंको प्रथम वार्षिक साधारणसभा तथा बनभोज कार्यक्रम सम्पन्न (फोटो फिचर)
कार्यक्रममा समाजका विभिन्न अग्रज व्यक्तित्वहरुले समाजको उन्नती प्रगतिको कामना गर्दै अझै राम्रा कार्यहरु गर्दै नेवारपानी समाजलाई एकढिक्का बनाई आगामी दिनहरुमा अझै थुपै सामाजिक हितका कार्यहरु गर्दै जान सुझाव दिएका थिए । त्यस्तै कार्यक्रमको संचालन समाजका सदस्य दिनेश अधिकारीले गरेका थिए ।
सुनौलाबजार नेवारपानी समाज काठमाडौंको प्रथम वार्षिक साधारणसभा तथा बनभोज कार्यक्रम सम्पन्न (फोटो फिचर)
कार्यक्रमको बन्दसत्रले पुरानै कार्यसमितीलाई निर्विरोध चयन गर्दै सपथ ग्रहण समेत गराएको थियो । र कार्यसमिती अध्यक्षमा रविन्द्रप्रसाद रिजाल, उपाध्यक्ष शिवराज अधिकारी, सचिव बैकुण्ठ दाहाल, सह–सचिव पुरुषोत्तम दाहाल, कोषाध्यक्ष कृष्णप्रसाद अधिकारी, सदस्यहरु रामकृष्ण दाहाल, फणिकान्त अधिकारी, दिनेश अधिकारी, वासुदेव अधिकारी, पार्वती अधिकारी (सापकोटा), कला रेग्मी सर्वसम्मत चयन भएका थिए ।
सुनौलाबजार नेवारपानी समाज काठमाडौंको प्रथम वार्षिक साधारणसभा तथा बनभोज कार्यक्रम सम्पन्न (फोटो फिचर)
‘हाम्रो आत्मियता सामाजिक एकता’ भन्ने मुल मन्त्रलाई अनुशरण गर्दै स्थापना भएको यस संस्था सुनौलाबजार नेवारपानी समाज धादिङ स्थायी घरभई काठमाडौंमा बसोबास गर्दै आएका मानिसहरुलाई एकजुट गराउँदै भाइचाराको सम्बन्ध स्थापित गरि जिल्लाको विकास र समृद्धिलाई अघि बढाउन स्थापना भएको विशुद्ध सामाजिक संस्था हो । यस संस्थाले आगामी दिनहरुमा पनि सम्पुर्ण जिल्लावासीहरुलाई एकजुट बनाउँदै समाज, जिल्ला र राष्ट्रकै विकासका लागि हातमा हात साथमा साथ भएर काम गर्दै जाने प्रतिवद्धता समेत जनाएको छ ।