खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् ।
गएराती बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिण्डर विस्फोट भएपछि नेता भण्डारीसँगै उनकी आमा ८६ वर्षीया हरिकलासमेत घाइते भएकी छन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर विस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।
भण्डारीको शरीरको २५ प्रतिशत भाग र आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको बताइएको छ ।
सिलिन्डर राति करिब १० बजेतिर विस्फोट भएको भण्डारीको सचिवालयले जानकारी दिएको छ ।








