मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको ना ७ ख ७४४० नम्बरको बस कालीगण्डकी नदीमा खसेको छ।

मुस्ताङको थासाङ–३ धम्पुमा बस दुर्घटना भइ कालीगण्डकीमा खस्दा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख (डिएसपी)रविन्द्रनाथ पौडेलले जानकारी दिए ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको अन्यको अवस्था सामान्य रहेको पौडेलको भनाइ छ । घाइते भएका ११ जनालाई थप उपचारका लागि पोखरा पठाइएको उनको भनाइ छ ।