राष्ट्रिय सभाको बैठक आज मंगलबार बस्ने भएको छ ।
बैठक मंगलबार दिउँसो ४ः०१ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको हो ।
संसद सचिवालयका अनुसार बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/२०८० को बजेटको अर्ध–वार्षिक मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
यसैगरी दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले २०७८/२०७९ को प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।









