लुम्बिनीकी सरकारको बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छिन ।

माओवादी केन्द्रकी नेतासमेत रहेकी मन्त्री केसीले शनिबार विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाएकी हुन ।

मन्त्रालय छनोटमा असन्तुष्टि भएको कारण उनले राजीनामा दिएको बुझिएको छ। मन्त्री बनेकी केसीले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेकी थिइन् ।

तर उनलाई आन्तरिक मामिला, कानुन मन्त्री बनाउने तयारी भएपछि राजीनामा बुझाएको स्रोतले बताएको छ ।

यता माओवादी स्रोतका अनुसार भने उनलाई राजीनामा गर्न लगाइएको हो । २५ माघमा भएको राष्ट्रियसभा उपनर्विाचनमा सत्ता गठबन्धनका उम्मेदवार बनेका एमालेका कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछि उनीमाथि माओवादीले छानबिन गरेको थियो ।