काठमाडौं उपत्यकामा बर्ड फ्लु देखिएपछि फैलिने जोखिम बढेको भन्दै ललितपुर महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
महानगरपालिकाको पशु शाखाले एक सूचना जारी गर्दै पन्क्षी पालेको ठाउँमा नियमित सरसफाइ गर्न आग्रह गरेको छ ।
शाखाले घरपालुवा पन्छीलाई खुला नछोड्न र जङ्गली तथा अन्य चराहरुको सम्पर्कमा आउन नदिन, पशुपन्क्षी फार्ममा जैविक सुरक्षा घेरोको व्यवस्था गर्न, मरेका पन्क्षीलाई गहिरो खाल्डोमा पुर्न आग्रह गरेको छ ।








