राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदको दुवै सदनलाई विशेष धन्यवाद सम्बोधन गर्ने भएकी छन् ।

राष्ट्रपति भण्डारीले आज ३ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनलाई संयुक्त सम्बोधन गर्ने भएकी हुन् ।

नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद् भवन नयाँ बानेश्वरबाट विशेष सम्बोधन गर्ने भएकी हुन् ।

संघीय संसद सचिवालयका अनुसार राष्ट्रपतिको सम्बोधनका लागि आवश्यक तयारी पूरा भएको छ ।

यसैबीत राष्ट्रपति भण्डारीले शनिवार साँझ रात्रि भोजको समेत आह्वान गरेकी छिन ।

उक्त रात्रि भोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, मन्त्रीहरू, सुरक्षा निकायका तीनै प्रमुखहरू, मुख्यमन्त्री, सांसदहरू, संवैधानिक निकायका प्रमुख र उच्च अधिकारीहरू, कूटनीतिक नियोगका अधिकारीहरूलाई निम्तो गइसकेको छ ।

निर्वाचन आयोगले फागनु २५ गते राष्ट्रपतिको निर्वाचन मिति तय गरेको छ ।