सर्वोच्च अदालतले संघीय संसद सचिवालयसँग नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको मान्यता दिनुको कारण माग गरेको छ।

देउवालाई विपक्षी दलको मान्यता दिने संघीय संसद सचिवालयको निर्णयविरुद्ध अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले अन्तरिम आदेश दिने विषयमा दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

अधिवक्ता पोखरेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल प्रमुख प्रतिपक्षी हुन नसक्ने रिट निवेदनमा दाबी गरेका थिए । कांग्रेसले भने सरकार गठन र मन्त्रिपरिषदमा सहभागी नभएको भन्दै आफूहरु नै प्रमुख प्रतिपक्ष रहेको दाबी गर्दै आएको छ ।