प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग यूएसएआईडी प्रमुख पावर नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो ।

यसअघि उनले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरिसकेकी छिन । अर्थ मन्त्रीसँगको भेटमा नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना ९एमसीसी० को कार्यान्वयनमा जोड दिएकी थिइन । उनले मङ्गलबार परराष्ट्रमन्त्री डा। विमला राई पौड्यालसँग पनि भेटवार्ता गरिन ।

दुई दिने नेपाल भ्रमणमा मङ्गलबार काठमाडौं आइपुगेकी उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्ता सकेर उनी आजै स्वदेश फर्किनेछिन ।