लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदैछ ।
राष्ट्रियसभा सदस्यका लागि सत्तारूढ नेकपा एमालेबाट कुमार दसौदी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय चुनावी प्रतिष्पर्धामा छन् ।
प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ ।
तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य पद रिक्त भएको थियो । उक्त रिक्त पदमा आज निर्वाचन हुन लागेको हो ।








