प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका छन ।

सोमबार बिहान ९ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकमा संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने बिजेनसका बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार संसदको आगमी बैठकलाई प्रभावकारी रुपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरुलाई बोलाईएको हो ।