काठमाडौं / ‘आई विलिभ इन टिमवर्क’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै लायन्स क्लब अफ काठमाडौं प्रोस्पेरिटीले खुल्ला रक्तदान कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।

गत शनिवार काठमाडौंको काँडाघारीस्थित मोनाष्टिक पब्लिक ईङ्लिस स्कुलको प्रांगणमा सम्पन्न कार्यक्रममा ड्रिष्ट्रिक चिफ एडभाइजर लायन पार्वती खरेल पाण्डे, चिफ एलसिआइएफ ड्रिट्रिक कोर्डिनेटर लायन राजु चालिसे, हगंर रिलिफ डिपार्टमेन्ट चिफ तथा लायन्स इन्टरनेशनल ३२५ आइका जोन चियर पर्सन लायन बबिता रोकाय लगायतको उपस्थिती रहेको थियो ।

लायन्स क्लब अफ काठमाडौं प्रोस्पेरिटीको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
कुनै पनि बिरामीले रगत अभावका कारण अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने मनाशयका साथ क्लवले रक्तदान कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष लायन रामशरण न्यौपानेले जानकारी दिनुभयो । क्लवले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यहरु सँगै रक्तदान कार्यक्रम पनि गर्दै आईरहेको बताउँदै उहाँले सबै संघ सस्थाहरुलाई यस्ता कार्यक्रम गरी कसैको जीवन जोगाउनका लागि सहयोग गर्न सुझाव दिनुभयो ।
लायन्स क्लब अफ काठमाडौं प्रोस्पेरिटीको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको जानकारी दिदै कार्यक्रमका संयोजक तथा नेपाल स्वयंमसेवी रक्तदाता समाजका अध्यक्ष लायन केदारप्रसाद न्यौपाने कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी भक्तपुर, र आयोजक टिमप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
लायन्स क्लब अफ काठमाडौं प्रोस्पेरिटीको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
नेपालमा रहेको रक्तअभावलाई न्युनीकरण गर्नका लागि लायन्स क्लबहरुको ठूलो भूमिका रहेको छ । रक्तदान मात्र नभएर अन्य विविध सामाजिक कार्यहरु पनि गर्दै आईरहेको लायन्स क्लब विशुद्ध सामाजिक संस्था भएकोले आगामी दिनहरुमा पनि सामाजिक कार्यलाई निरन्तरता दिदै जाने समेत प्रतिबद्धता जनाएको छ ।
लायन्स क्लब अफ काठमाडौं प्रोस्पेरिटीको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ काठमाडौं प्रोस्पेरिटीको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न