त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।

गएराति दुबईबाट काठमाडौं आएका क्यानेडियन नागरिक मोहमद कमल महगौबलाई ९ किलो १३५ ग्राम सुनसहित विमानस्थल भन्सारले पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।