सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज सोमबार पनि बस्दैछ ।

गत माघ १२ गतेदेखि सुरु भएको स्थायी समिति बैठक आज पनि बस्न लागेको हो ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको चयनबारे पार्टीको धारणा तथा समसामयिक विषयमा छलफल र निर्णय गरिने बताइएको छ ।