मधेश प्रदेशको धनुषामा हिरासत तोडेर ६ जना अभियुक्त फरार भएका छन् ।
आज सोमबार बिहान २ बजेदेखि ४ बजेको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट ६ जना अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीप क्षेत्रीले जानकारी दिए ।
उनले हिरासतमा रहेका ७ जना अभियुक्त मध्ये ६ जना फरार भएको बताए । उनले फरार भएका ६ जनाको खोजी कार्य तीब्र पारिएको जानकारी दिए ।
उनीहरुमाथि हातहतियार, लागुऔषध र अभद्र व्यवहार सम्बन्धी मुद्दामा म्याद थप भएर अनुसन्धान भइरहेको थियो ।








