निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि आज जिल्ला प्रशासन कार्यालय जाने भएका छन् ।

उनी आइतबार विहान कार्यालय खुलेसँगै बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालय जाने उनका सहयोगीले बताएका छन् ।

सर्वोच्च अदालतले गत शुक्रबार अमेरिकी नागरिकता त्यागपछि प्रक्रिया नपुर्याएकाले लामिछानेको नेपाली नागरिकता कायम नरहेको फैसला गरेको थियो ।

योसँगै, उनको सांसद पद खारेज भएको थियो। सांसद पदसँगै उनले उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापतिको पद गुमाएका थिए ।