धनकुटा महोत्सबमा आयोजकले टिकट नकाटी दर्शकहरुलाई कार्यक्रम स्थलभित्र छिर्न नदिँदा भएको झडप पछि भएको भागदौडमा दर्जन बढी घाइते भएका छन् ।

घाइते भएका मध्ये अधिकांशको जिल्ला अस्पताल धनकुटामा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

अत्याधिक मात्रामा आएका दर्शकालाई टिकट नकाटी भित्र पस्न आयोजकले नदिएपछि गेटमा भिड हुँदा चेपिएर धेरैजसो घाइते भएका हुन् ।

अहिलेसम्म महोत्समबमा भएको घटनामा ३ जना भन्दा बढी गम्भिर घाइते भएको धनकुटा प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाका निमित्त प्रमुख ममता सुवेदीले घटनाको विस्तृत विबरण आइनसकेको बताइन । उनले दर्जन बढी घाइते भएको भन्ने सुचना आएको जानकारी दिइन ।

धनकुटा महोत्सबको भीडमा च्यापिएर १२ जना भन्दा बढी घाइते, ३ जनाको अबस्था चिन्ताजनक

सांगितिक कार्यक्रम सकिएपछि हाउजी खेलमा भने निशुल्क रुपमा प्रवेश पाउने आशामा कार्यक्रम स्थलको गेटमा सर्वसाधारण बसेका कारण भीड भएको थियो । भीड बढि भएपछि पनि महोत्सब आयोजकले कार्यक्रम स्थलमा पस्ने गेट नखोलेपछि झडप भएको र झडप पछि भाग दौड मच्चिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

धनकुटा महोत्सबको आजको कार्यक्रममा गायक प्रमो्द खरेल आउने कार्यक्रम थियो । आयोजनास्थलमा भागदौड मच्चिएर स्थिति असामान्य भएपछि आयोजकले महोत्सव स्थगित गरेका छन ।