काठमाडौं / लायन्स क्लब अफ काठमाडौं वन्डर उमनले सेकेन्ड चार्टर नाइट, अभिनन्दन तथा क्लब भिजिट कार्यक्रम सम्पन्न गरेको छ ।

गत आइबार साँझ काठमाडौंको न्युरोडस्थित इलिभेट लन्जमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता ३२५ आइका ड्रिष्ट्रिक गभर्नर लायन रामबहादुर बसेलले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व संघकै संस्थापक अध्यक्ष तथा ड्रिष्ट्रिक चेयर पर्सन लायन मेघा तिमल्सिनाले गर्नुभएको थियो ।

वन्डर उमनको चार्टर नाइट, अभिनन्दन तथा क्लब भिजिट कार्यक्रम सम्पन्न
कार्यक्रमको समुद्घाटन गर्दै ३२५ आइका ड्रिष्ट्रिक गर्भनर रामबहादुर बसेलले वन्डर उमनले स्थापना भएको २ वर्ष पुरा गर्दैगर्दा ड्रिष्ट्रिकले अपेक्षा गरेभन्दा राम्रो काम गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो –‘सबै क्लबले तपाईहरुले जस्तो काम गरिदिने हो भने हाम्रो ड्रिष्ट्रिक संसारको पहिलो नम्बरमा पर्छ ।’
वन्डर उमनको चार्टर नाइट, अभिनन्दन तथा क्लब भिजिट कार्यक्रम सम्पन्न
त्यस्तै कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल ३२५ बि वान नेपालका रिजन चेयर पर्सन तथा कार्यक्रमका विशेष अतिथि लायन पार्वति खरेल पाण्डेले ‘आइ विलिभ इन टिमवर्क’ भन्ने स्लोगनलाई वन्डर उमनले पुरा गर्न सफल भएको बताउनुभयो । संघकी अध्यक्ष कल्पना चौहानले पनि संस्थापक अध्यक्ष मेघा तिमिल्सिनाले गरेको कार्यलाई निरन्तरता दिदै संस्थालाई मजबूत बनाई थुप्रै सामाजिक कार्य गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।

वन्डर उमनको चार्टर नाइट, अभिनन्दन तथा क्लब भिजिट कार्यक्रम सम्पन्न
वन्डर उमनले समाजमा गरेका कार्यहरु र पु¥याएको योगदानहरु अन्य क्लबहरुले पनि अनुशरण गर्न जरुरी रहेको बताउँदै उहाँले ‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने मुल मन्त्रलाई वन्डर उमनले पुरा गरेको बताउनुभयो ।
वन्डर उमनको चार्टर नाइट, अभिनन्दन तथा क्लब भिजिट कार्यक्रम सम्पन्न
क्लबको सफलताको पछि टिमवर्क नै राम्रो भएको बताउँदै संघकी संस्थापक अध्यक्ष मेघा तिमल्सिनाले वन्डर उमनले समाजमा प्रभाव पार्ने सकारात्मक कार्यहरु गर्दै महिला स्वास्थ्य शिविरको आयोजनादेखि स्थानीय आश्रयको लागि पैसा जुटाउन सम्म लागिपरेको बताउनुभयो ।
वन्डर उमनको चार्टर नाइट, अभिनन्दन तथा क्लब भिजिट कार्यक्रम सम्पन्न
क्लबका सबै मेम्बरहरुको कडा मेहनतका बाबजूद नै क्लबले थुप्रै सामाजिक कार्य गर्न सफल भएको बताउँदै वहाँले वन्डर उमनको संस्थापक अध्यक्ष भई एक हिस्सा भएर काम गर्न पाउँदा आफूलाई गौरवान्वित महशुस भएको बताउनुभयो ।

त्यस्तै क्लबका अध्यक्ष कल्पना चौहानले क्लबले गरेका कामहरुको बारेमा जानकारी दिदै आगामी दिनहरुमा पनि क्लबलाई ड्रिष्ट्रिकको नम्बर वान क्लव बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा रञ्जना सिस्टर्सका चार्टर प्रेसिडेन्ट तथा डिष्ट्रिक चेयर पर्सन बिना श्रेष्ठ, एफडब्लुसीका बिनय अग्रवाल, जिएलटि ड्रिष्ट्रिक कोर्डिनेटर मुना थापा, रिजन चेयर पर्सन धिरज श्रेष्ठ लगायतले क्लव दोस्रो वर्ष प्रवेश गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

वन्डर उमनको चार्टर नाइट, अभिनन्दन तथा क्लब भिजिट कार्यक्रम सम्पन्न
कार्यक्रममा वार्षिक प्रगति विरण र आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो भने कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि ड्रिष्ट्रिक गर्भनर रामबहादुर बसेल र क्लबका कार्यसमिति लगायतले केक काटेर चार्टर नाइट सेलिब्रेसन समेत गर्नुभएको थियो । र विभिन्न अतिथिहरुलाई अभिनन्दन समेत गरिएको थियो ।
वन्डर उमनको चार्टर नाइट, अभिनन्दन तथा क्लब भिजिट कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ काठमाडौं वन्डर उमन २ वर्ष अघि स्थापना भएको विशुद्ध सामाजिक संस्था हो । ‘जहाँ समस्या त्यहाँ लायन्स’ भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै समाजमा रहेका दःुखि गरिबहरुको सेवामा तल्लीन भएर लागेको छ । नेपालका विभिन्न विकट ठाउँमा गएर महिला स्वास्थ्य शिविरको आयोजना, सरसफाई, रक्तदान, न्यानो कपडा वितरण, खाद्यन्न वितरण, विभिन्न महामारीहरुमा आर्थिक सहयोग, निशुल्क सार्वजनिक शौचालय निर्माण लगायतका थुप्रै सामाजिक कार्यहरु गर्दै आईरहेको छ र आगामी दिनहरुमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिने क्लबले प्रतिबद्धता जनाएको छ ।
वन्डर उमनको चार्टर नाइट, अभिनन्दन तथा क्लब भिजिट कार्यक्रम सम्पन्न
वन्डर उमनको चार्टर नाइट, अभिनन्दन तथा क्लब भिजिट कार्यक्रम सम्पन्न