नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एकजनाले आफ्नै शरीरमा आगो लगाएका छन् ।

३६ वर्षीय इलाम घर भएका प्रेम प्रसाद आचार्यले संसद भवन अगाडि पेट्रोल खनाएर आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाहको प्रयास गरेका हुन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले उनको उद्धार गरी किर्तिपुरको वर्न अस्पताल लगिएको बताए ।