काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थी र प्रहरीबीच झडप भएको छ।
मंगलबार उनीहरूबीच झडप भएको हो । आइओएम सुधारको माग राख्दै विद्यार्थीहरू आन्दोलित छन्। उनीहरूले तालाबन्दीसमेत गरेका थिए। प्रहरीले ताला फुटाइदिएपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।
प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिनुअघि प्रहरीले विद्यार्थीमाथि लाठीचार्जसमेत गरेको थियो ।
आइओएमभित्र प्रहरी प्रवेश गरी विद्यार्थीमाथि लाठीचार्ज गरेकोमा विद्यार्थीहरूले विरोध गरेका छन् । उनीहरूले प्रहरीविरूद्ध नाराबाजीसमेत गरेका थिए ।








