प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ ।

बालुवाटारमा मङ्गलवार बिहान उनीहरूबीच भेटवार्ता भएको हो ।

मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न र समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।