पाँच देशबाट नेपाल आउनेलाई स्वास्थ्य रिपोर्ट अनिवार्य

इटालीले १ करोड ६० लाखलाई क्वारेन्टाइनमा राख्दै
news-details

विश्वभर महामारीकै रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड-१९) नेपाल भित्रन नदिन सरकारले विभिन्न ६ वटा देशबाट नेपाल आउने यात्रुलाई स्वास्थ्य रिपोर्ट अनिवार्य गरेको छ ।

पछिल्लो समय सबैभन्दा धेरै कोरोना भाइरस संक्रमण फैलिएका चीन, जापान, दक्षिण कोरिया, इटाली र इरानबाट आउने यात्रुलाई कोरोना भाइरस संक्रमित नभएको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै सरकारले भारतसँग सीमा जोडिएका तराईका ६ मूख्य नाका र अन्य ३१ सहायक नाकामा राखिएका हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

इटालीले १ करोड ६० लाख नागरिकलाई क्वारेन्टाइनमा राख्दै

कोरोना भाइरस (कोभिड–१९) को प्रकोप तिब्र गतिमा फैलन थालेपछि इटालीले आफ्ना १ करोड ६० लाख नागरिकलाई क्वारेन्टाइनमा राख्ने भएको छ । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकको लोम्बार्डी क्षेत्र र अन्य १४ प्रान्तमा कम्तीमा १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने तयारी थालेको बताएका छन् ।

युरोप क्षेत्रमा अहिले घोषणा गरिएअनुसार क्वारेन्टाइनमा अप्रिल ३ सम्म राखिने जारी रहने र क्वारेन्टाइनलाई पालना नगर्नेलाई कम्तीमा ३ महिनाको जेल सजायको व्यवस्था गरिएको जनाइएको छ ।

युरोपभरी इटालीमा सबैभन्दा धेरै कोरोना भाइरसको संक्रमण देखिएको छ । यहाँ कोरोना भाइरसबाट मर्नेको संख्या २३३ पुगिसकेको छ भने पछिल्लो २४ घण्टामा मात्र ५० जनाभन्दा बढीको ज्यान गएको थियो । यो भाइरसबाट इटलीमा संक्रमित हुनेको संख्या ५८०० नाघिसकेको छ ।

कोरोना भाइरसको महामारी रोक्न इटालीले जिमखाना, स्वीङ पुल, म्युजियम र स्काई रिसोर्टहरु बन्द गर्ने निर्णय गरेको छ । रेष्टुरेन्ट र क्याफे खुल्ला भएपनि ग्राहकहरुलाई केही मिटर दुरीमा बस्न भनिएको छ । साथै जनतालाई जतिसक्दो घरमा नै बस्न भनिएको छ ।

यस्तै लोम्बार्डीको पुरै उत्तरी क्षेत्र र इटालीको वित्तीय केन्द्र मानिएको मिलानमा आपतकालीन सेवा बाहेक सबै पहुँच बन्द गरिएको छ । यस क्षेत्रमा मात्र १ करोड जनसंख्या रहेको छ भने भेनिस, पार्मा र मोडेनालगायतका ११ प्रान्तका जनता गरी जम्माजम्मी १ करोड ६० करोड जनता प्रभावित हुने
जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरसलाई नियन्त्रण गर्न इटालीलाई आफ्नो पूरा ध्यान यसमा केन्द्रित गर्न सुझाव दिएको छ ।

अहिलेसम्म विश्वका १ सय भन्दा बढी देशमा फैलिइसकेको कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख कटिसकेको छ भने ३६०० बढीले ज्यान गुमाएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *