अर्थमन्त्री युवराज खतिवडाले दिए राजीनामा, भोली नै पुर्ननियुक्त हुने सम्भावना

news-details

अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन् । आजै राष्ट्रियसभा सदस्यबाट विदा हुन लागेका खतिवडाले त्यसअघि नै अर्थमन्त्रीको पदबाट राजीनामा दिएका हुन् । खतिवडाको राजीनामापत्र राष्ट्रपति कार्यालय शितल निवास पुगिसकेको छ ।

आज बेलुकाबाट खतिवडासहित राष्ट्रियसभाका १९ सदस्यको पदावली सकिदै छ । तथापी स्रोतका अनुसार नेकपाले संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्रीमा खतिवडालाई नै नियुक्त गर्ने तयारी गरेको छ । सम्भवत भोली नै खतिवडालाई अर्थमन्त्रीमा पुननियुक्ति र सपथ गराइने स्रोतको दावी छ ।

धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिने र यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नै खतिवडा पुन मन्त्रीमा नियुक्त हुन लागेका हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *