बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय, खतिवडाको पद के होला ?

news-details

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । नेकपाको आज बसेको सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनित हुने एक राष्ट्रियसभा सदस्यमा मन्त्रीपरिषदको बेठकबाट गौतमको नाम शिफारिस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

यसअघि पनि गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन नेकपाले प्रयत्न गरेकोमा गौतमले राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बन्न बाटो खुलाउने गरी संविधान संशोधन गरेमात्र आफु उक्त पदमा जाने अडान राखेका थिए । गौतमको मागबारे छलफल गर्न नेकपाले कार्यदल बनाएपनि उक्त शर्त अस्वीकार गर्दै कार्यदल खारेज गरेको छ ।

गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने नेकपाको निर्णयसँगै अर्थमन्त्री डा. युवराज खतिवडाको पद के होला भन्ने सबैलाई खुल्दुली बढेको छ । खतिवडाकै स्थानमा गौतम राष्ट्रियसभा सदस्य हुन लागेका हुन । खतिवडाको पदावदी यही फागुन २० गते समाप्त हुदैछ ।

अब संविधानले गरेको व्यवस्था अनुसार प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्यको पदावली सकिएपनि ६ महिनाको अवधिसम्मका लागि मात्र खतिवडालाई पदमा यथावत राख्न सक्ने अवस्था बाकि छ । केहि हप्ताअघि संचारमन्त्री गोकुल बास्कोटाले राजिनामा दिएपछि उक्त जिम्मेवारीसमेत खतिवडालाई नै दिइएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *