समाजवादी पार्टी सरकारबाट बाहिरियो, दुबै मन्त्रीले दिए राजिनामा

news-details

संविधान संशोधनको प्रयास असफल भएपछि समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । सरबारबाट बाहिरिने घोषणासहित समाजवादीका तर्फबाट मन्त्री रहेका दुवै मन्त्रीले प्रधानमन्त्री केपी शर्मा होली समक्ष राजिनामा बुझाएका छन ।

समाजवादीका तर्फबाट मन्त्री रहेका उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादब र सहरी विकासमन्त्री मो. इस्तियाक राइले प्रधानमन्त्री समक्ष राजिनामा दिएका छन । उनिहरुले आजै प्रधानमन्त्रीलाई सम्बोधन गरेर राजिनामा दिएको जानकारी दिएका हुन ।

समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहनुभएका यादबले मन्त्रीपरिषद्को बैठकबाट संविधान संशोधनको पूर्व तयारी स्वरुप लगेको प्रस्ताव अस्वीकार गरिएकोले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको राजिनामा पत्रमा उल्लेख गरेका छन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *