पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछानेसहित ३ पक्राउ

news-details

न्यूज २४ टेलिभिजनमा कार्यरत संचारकर्मी रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले कार्यालय हाताबाटै पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछाने र कँडेललाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरि चितवनबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाइएको परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले बताए ।

केही दिनअघि आत्महत्या गरेका नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गराएको भिडियो सामाग्री प्रशारण भएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाल माउण्टेन टिभीमा कार्यरत रहेका पुडासैनीले भिडियोमा आफूलाई आत्महत्याका लागि लामिछानेसहित तीन जनाले दुरुत्साहन गरेको आरोप लगाएका थिए । पुडासैनीले आरोप लगाएका तीनमध्ये अस्मिता कार्कीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

पुडासैनी साउन २१ गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए। केही समय अघिसम्म पुडासैनी सिधा कुरा जनतासँग कार्यक्रमको टिममा थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *