राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन अब तात्छ : कैलाश कटुवाल

news-details

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको परिषद बैठक बुटवलमा हुने भएको छ । काठमाडौंको पानीपोखरीस्थित लप्सी गार्डेनमा युवा संगठनका अध्यक्ष प्रकाश रिमालको अध्यक्षतामा बसेको केन्द्रिय समितिको बैठकले यहि भदौ २० र २१ गरी दुई दिन बुटवलमा गर्ने निर्णय गरेको हो । परिषद् बैंठकमा ७ वटै प्रदेशका ७७ जिल्लाका युवाहरुको प्रतिनिधित्व हुने छ ।

बैठकले सचिव हिक्मतजंग कार्कीलाई विदेश विभागको संयोजकमा चयन गरेको छ । त्यसैगरी अध्यक्ष प्रकाश रिमाललाई विधान संसोधन समिति, उपाध्यक्ष मणि सिंखडालाई संगठन विभागको जिम्मेवारी दिएको छ । कर्णाली प्रदेशको संयोजक सन्तोषी शाहीलाई प्रशिक्षण विभागको जिम्मेवारी दिएको छ । त्यस्तै प्रचार विभागको जिम्मेवारी सुजित के.सीलाई प्रदान गरिएको छ । भक्तपुरका युवा नेता बाबु थापालाई उपत्यकाको संयोजकको जिम्मेवारी दिइएको छ ।

युवा संगठनका केन्द्रीय उपाध्यक्ष कैलाश कटुवालले युवा संगठनलाई प्रभावकारी रुपमा परिचालन गरीने बताउनुभयो । उहाँले संगठनलाई आर्थिक रुपमा सवलीकरण गरी सामाजिक रुपमा जनताको काममा समर्पित गर्ने बताउनुभयो । संगठनले सरकारका नराम्रा कामको बिरोध र राम्रा कामको समर्थन गर्ने उहाँको भनाई थियो । उहाँले भन्नु भयो ‘परिषद बैंठक पछि युवा संगठन तात्नेछ ।’

बैंठकमा सचिव हिक्मतजंग कार्कीले परिषद् बैंठकबाट युवा संगठन बलियो हुने दावी गर्नुभयो । अन्य युवा नेताहरुले भने संगठनलाई बलियो बनाउन जुनसुकै मूल्य चुकाउन तयार रहेको बताएकाछन् । बैठकमा राप्रपाका प्रवक्ता तथा संयोजित संगठन विभागका प्रमुख सुशील श्रेष्ठ, काठमाडौ जिल्लाका अध्यक्ष ऋद्धिप्रताप जंग राणा समेतको सहभागिता थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *