मुस्लिम आयोगले पहल गरेपनि सरकारले ‘बकर इद’को सार्वजनिक बिदा दिएन

news-details

सरकारले इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व बकर इदको लागि सार्वजनिक बिदा नदिने भएको छ । मुस्लिम आयोगलगायतका संघ संस्थाले पटक–पटक मुस्लिमहरुको पवित्र पर्व बकारा इदमा सार्वजनिक विदा दिन सरकारसंग पहल गरेपनि अन्तत सरकारले बकरा इदको विदा नदिने भएको छ ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगले सार्वजनिक बिदाको लागि पहल गरेको तर, प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर भएका कारण समस्या परेको बताउनुभयो । कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेल र मुख्य सचिवसंग परामर्श भए पनि सम्भव नभएको बताउनुभयो । कुल जनसंख्याको ६ प्रतिशत जनसंख्या रहेको मुस्लिम समुदायको पवित्र पर्वमा विदा नदिनु मुस्लिम समुदाय प्रति सरकारले सौतेनी ब्यवहार गरेको उनीहरुको भनाई छ ।

तराईका रौतहट, बारा, पर्सा, बाँके, मोरङ, सुनसरीलगयातका जिल्ला र पहाडका गोर्खा, तनहुँलगायतका जिल्लाहरुमासमेत मुस्लिम समुदायको बसोबास छ ।

प्रदेश नम्बर २ र ५ ले मात्र इस्लाम धर्मावलम्बिहरुको महान पर्व इदुल अजहा बकरा इदको सार्वजनिक बिदा दिएको छ । तर, केन्द्र सरकारले बेवस्ता गर्दा मुस्लिम समुदाय मर्माहत भएका छन् । आयोगका अध्यक्ष अन्सारीले सरकारसंग परामर्श भएको भन्दै देश भित्र बाहिर रहेका सम्पुर्ण मुस्लिम समुदायलगायत सम्पूर्ण नेपालीमा शुभकामना दिनु भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *