लिस्नर्स क्लब नेपालको १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । लिस्नर्स क्लव नेपालका अध्यक्ष हरिराम पौडेलको सभापतित्वमा सम्पन्न अधिवेशनले जनक चन्दको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
काठमाडौंमा आयोजित साधारणसभाबाट दुर्गा पौडेल प्रथम उपाध्यक्ष, लक्ष्मी दाहाल द्वितीय उपाध्यक्ष, सुविद गुरागाई महासचिव, रामगोपाल सेढाई सचिव, विनिता कोइराला कोषाध्यक्ष तथा सुरज ढकाल, सागर पौडेल र आर्यन भुजेल सदस्यमा निर्वाचित भएका छन् । कुल ११ सदस्यीय कार्यसमितिमा दुई जना सदस्य संचालक समितिले मनोनित गर्नेछ ।
साहित्यकार युवराज नयाँघरेको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा निवर्तमान अध्यक्ष हरिराम पौडेल, पूर्वअध्यक्षहरू छविरमण अधिकारी, ओमप्रकाश सुवेदी, उत्तमबाबु भट्टराईलगायतले निर्वाचित कार्यसमितिलाई संस्थाको उद्देश्य अनुरूप स्वयंसेवी भावनाले जनचेतना तथा सहयोग अभियान निरन्तर सञ्चालन गर्न सुझाव तथा शुभकामना दिएका थिए ।








