कर्णालीमा जीप खस्यो, एक दर्जन यात्रु वेपत्ता भएको अनुमान

news-details

हुम्लाको खार्पुनाथ–५ कैलेबालु सडकबाट मंगलबार कर्णालीमा एउटा जीप खसेर वेपत्ता भएको छ । याञ्चुतर्फ जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप खसेको प्रहरीले जनाएको छ ।

जीपमा कति यात्रु थिए भन्ने यकिन नभएपनि सर्वसाधारणले भने एक दर्जन बढी सवार रहेको बताएका छन् । उनीहरु सबैको अवस्था अहिलेसम्म अज्ञात नै छ ।

उद्धारका तथा खोजीका लागि हेलिकोप्टरबाट घटनास्थलतर्फ उद्धारकर्मी तथा सुरक्षाकर्मी पठाइएको प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *