गायक सत्यराज आचार्यको पहिलो साहित्यिक कृति ‘१४ फागुन’ सार्वजनिक
- फाल्गुन १५, २०८१
- 0

संगीतकार तथा गायक सत्यराज आचार्यले पहिलो साहित्यिक कृति ‘१४ फागुन’ सार्वजनिक गरेका छन्।
पिता भजनशिरोमणि भक्तराज आचार्यको पहिलो वार्षिकी पूण्यतिथीको अवसर पारेर जमलस्थित राष्ट्रिय नाचघरमा आफ्नो पहिलो साहित्यिक कृति ‘१४ फागुन’ लोकार्पण गरेका हुन्।
साहित्यिक कृतिलाई सत्यराज र स्वरूपराज आचार्यका छोरा संगीत र सरगम आचार्यले विमोचन गरे।
पिताले संसार त्यागेको दिनको सम्झनामा त्यही मितिलाई शीर्षक राखेर सिर्जित पुस्तकमा ८२ वटा हाइकू समावेश छन्।
आचार्यले आफ्नो कृति पाठकले मन पराइदिने विश्वास व्यक्त गरे।
कार्यक्रममा वरिष्ठ संगीतकार शम्भूजित बास्कोटा, कवि विप्लव प्रतिक, कानूनविद भीर्माजुन आचार्य तथा कवि रवि प्राञ्जलले कृतिको बारेमा टिप्पणी गरेका थिए ।
बुकहील पब्लिकेशनले प्रकाशन गरेको पुस्तकको मूल्य पाँच सय रुपैयाँ राखिएको छ।
0 प्रतिक्रिया
सभामुखले बोलाएको बैठकमा जुटेन सहमति, विपक्षीको अडान कायमै

सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतक र सचेतकसँग गरेको छलफल निष्कर्षविहीन भएको छ । संसद सुरू हुनुअघि संसदको […]
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासंघको सुुझाव प्रस्तुत

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न […]
संसदको अवरोध खुलाउन सभामुख र सचेतकहरूबीच छलफल

सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् । आज प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुखले […]
‘विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु’

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् […]
केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन, नेपाल–केन्या सम्बन्ध बढाउने प्रतिबद्धता

केन्याका महामहिम राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीले नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्य दूत चन्द्र टण्डनको उपस्थितिमा गत सोमबार राष्ट्रपति […]