डेनमार्कमा ‘विश्वासमाथि उभिएर’ को विमोचन
- माघ १३, २०८१
- 0
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्कले राजधानी कोपनहेगनमा कवि सुदर्शन पोखरेलको कविता संग्रह ‘विश्वासमाथि उभिएर’को विमोचन गरिएको छ ।
प्रमुख अतिथि नेपाली दूतावासकी कार्यवाहक राजदूत सावित्रा वलीले संग्रहको विमोचन गर्दै परदेशमा नेपाली भाषामा पुस्तकहरु लेखिएर पठन संस्कृति अभ्यास हुनु सह्रानीय कुरा भएको बताइन् ।
कार्यवाहक राजदूत वलीले भाषा र साहित्यको सेवा निरन्तर भए मात्र यसले हाम्रो पहिचानलाई स्थापित गरिराख्ने बताएका छन् ।
विमोचित पुस्तकको बारेमा टिप्पणी गर्दै कवि प्रकाश सापकोटाले यस पुस्तक संग्रहमा संकलित कविताहरुमा गहनता, विचार, पौराणिक ज्ञान र विज्ञानसमेतको मिश्रणले भरिपूर्ण भएको जानकारी दिए ।
भर्चुअल माध्यमबाट वरिष्ठ साहित्यकार–नियात्राकार युवराज नयाँघरे र धर्मेन्द्र तिमिल्सिनाले कृति र कृतिकारलाई शुभेच्छा प्रदान गरेका थिए ।
कविता संग्रहका कवि सुदर्शन पोखरेल आफ्नो पहिलो कृति सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताए । उनले आफ्ना गद्य र पद्य कविताहरु पनि वाचन गरेका थिए ।