न्युजिल्यान्डमा `कथा भित्रको कथा´ विमोचित

news-details

पामिस्ट्रन नर्थ, न्युजिल्यान्ड/साहित्यकार गोपाल पौडेलको संस्मरण `कथा भित्रको कथा´को अंग्रेजी अनुवाद `दि स्टोरी : विथहिन द स्टोरी´ को विमोचन सम्पन्न भएको छ ।

समारोहमा पामिस्ट्रन नर्थका सांसद सदस्य टांगी उतिकेरे, पामिस्ट्रन नर्थ सिटी काउन्सिलका मेयर ग्रान्ट स्मिथ, निबन्धकार युवराज नयाँघरे, मानावाटु रि-सेल्मेन्ट रिफ्युजी फोरमका अध्यक्ष बाल घिमिरे, भुटानी समाज न्युजिल्यान्डका अध्यक्ष देवान तामाङ लगायतले कृतिको विमोचन गरेका थिए ।

समारोहमा शरणार्थीका समस्या र अफ्ट्यारालाई आफ्नो साहित्य मार्फत कृतिमा अभिव्यक्त गरेकोमा सबै वक्ताहरूले लेखकको प्रशंसा गरेका थिए । सांसद उतिकेरेले न्युजिल्यान्डमा आएर आफ्नो साहित्यिक र जातीय पहिचानका निम्ति खट्ने पौडेलको चर्चा गरेका थिए । मेयर स्मिथले शरणार्थी समुदायबाट यति स्तरीय साहित्यिक सिर्जना गर्ने पौडेल पहिलो व्यक्ति भएको चर्चा गर्दै अझै अरु अनुभव लेख्दै जान अनुरोध गरे ।

निबन्धकार नयाँघरेले न्युजिल्यान्डमा रहेर पनि नेपाली भाषा, साहित्य, शिक्षा र संस्कृतिको उन्नयनमा समर्पित पौडेलको प्रस्तुत कृतिले विशेष स्थान पाउने धारणा राखेका थिए । त्यस्तै रिफ्युजी फोरमका अध्यक्ष घिमिरे तथा भुटानी समाजका अध्यक्ष तामाङले जातीय पहिचानका निम्ति यो प्रकाशनले महत्त्वपूर्ण भूमिका खेल्ने विचार राखेका थिए ।

कृतिकार पौडेलले भने – `आफ्नो लेखनले समाजको निम्ति केही परिचय दिन सके म आफ्नो लेखकीय सफलता ठान्ने छु ।´

विमोचन समारोहमा काउन्सिलर्स लोना जोन्सन, एएमसी प्रेसिडेन्ट निना त्रिसवम, डा. थोम कोनरोय, साहित्यकार सञ्जय शान्ति सुवेदी, टीका रेग्मी लगायत धेरै साहित्यकार, शुभेच्छुक तथा भुटानी समुदायका व्यक्तित्वहरुको सहभागिता थियो ।

यसअघि नै लेखकका ३ वटा कृति प्रकाशित भैसकेका छन् । यो पुस्तक भुटानी समाजको अध्ययन गर्ने व्यक्तिका लागि उपयोगी र मार्गदर्शक ग्रन्थ बन्ने अपेक्षा राख्ने देखिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *