साहित्यकार कर्ण दयाल “सोराडी” को ८ औं मुक्तककृति “रुपान्तरण”को लोकार्पण

news-details

बाह्र सर्जकहरुको अभियान – “हामी र हाम्रो कृति” संस्थाले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा साहित्यकार कर्ण दयाल “सोराडी” को ८ औं मुक्तककृति “रुपान्तरण”को लोकार्पण भएको छ ।

साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि समालोचक प्रा.डा. गोविन्दमान सिंह कार्की, अध्यक्ष लेकाली, साहित्यकारहरु युवराज नयाँघरे, पदमलाल विश्वकर्मा (संविधानसभा सदस्य), विजयध्वज थापा, माधव विडारी, प्राज्ञ पन्चकुमारी परियार, लेखक कर्ण दयाल “सोराडी”लगायतले कृतिको लोकार्पण गर्नुभएको थियो ।

लोकार्पित कृतिमा २७० मुक्तक छन् । साहित्यकार नम्रता उप्रेतीले स्वागत गर्नु भएको सो कार्यक्रमको संचालन साहित्यकार भुवन सिवाकोटीले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कार्की, अध्यक्ष लेकाली, साहित्यकारहरु युवराज नयाँघरे, पदमलाल विश्वकर्मा, विजयध्वज थापा, माधव विडारी, प्राज्ञ पन्चकुमारी परियार, मदन श्रेष्ठ, दिपक पनेरु र लेखक कर्ण दयाल “सोराडी” लगायतले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा लोकार्पित कृतिबाट सर्जकहरु प्रकाश घायल, लव खड्का,सुभद्रा अधिकारी, विष्णु थापा, माया उपाध्याय, बद्री उप्रेती, उदास कार्की, नम्रता उप्रेती, नवराज पोखरेल र पुष्कर बिकले मुक्तकहरु वाचन गर्नु भएको थियो ।

लोकार्पित कृतिमा लेखकले देशको पीडा, राष्ट्रियता, विकृति – विसङ्गति, भेदभाव, स्वाभिमानका कुरा, सामाजिक व्यवहारका कुरा, स्वतन्त्रता र न्यायका कुरालाई सम्बोधन गर्नु भएको छ ।

बैतडीमा बसोवास गर्नुहुने लेखक कर्ण दयाल “सोराडी”का पाँच गजल कृति, एक कविता कृति र एक लघुकथा कृति (संयुक्त १२ जनाको १०८ ओटा लघुकथा) प्रकाशित रहेका छन् भने “सोराडी”ले नाटक, देउडा गीतहरु पनि लेख्दै आउनु भएको छ । लेकक “सोराडी”ले दुई दर्जन सम्मान र पुरस्कार पाइसक्नु भएको छ ।

कार्यक्रममा साहित्यकारहरु पवन आलोक, बद्री उप्रेती, डी. आर. राई, ईश्वर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *