थाइ नेपाली संघसँग तनक्खा र लुमा

news-details

थाइ नेपाली संघका पदाधिकारीसँग साहित्यकार युवराज नयाँघरे र लुमा शैक्षिक परियोजनाको संयुक्त भेटघाट सम्पन्न भएको छ ।

थाइल्यान्डबाट साहित्य, संस्कृति एवं कला सम्बद्ध टोली हालै इन्ट्रा फाउन्डेसनद्वारा आयोजित मेरो डान्स युनिभर्स तथा मेरो भ्वाइस युनिभर्स कार्यक्रममा सहभागी हुन आएको थियो । थाइ नेपाली संघका अध्यक्ष वाड्सना राई, संरक्षक कुमार कार्की लगायत अन्य पदाधिकारहिरु समबोट राई, दीपक पराजुली, राज कर्माचार्य, गणेश कार्की, भीम प्रसाद पाण्डे सहभागी थिए । त्यसैगरी श्रीमती अमरा राई, चन्द्र लामिछाने, सोम भुषाल आदिको पनि सहभागिता रहेको थियो ।

साहित्यकार युवराज नयाँघरेले आफ्नो नवीनतम् कृति तनक्खा संघका सबै पदाधिकारीलाई अर्पण गर्दै यो कृति तयार गर्नुपर्ने आवश्यकता र महत्व माथि चर्चा गरेका थिए ।

तनक्खा मार्फत् म्यान्मारमा रहेका नेपाली समुदायको भाषा, साहित्य, संस्कृति, जीवनशैली र इतिहास लिपिबद्ध गरेको नयाँघरेले चर्चा गरेका थिए । समारोहमा संघका संरक्षक कुमार कार्की, मेरो डान्स युनिभर्सबाट उत्कृष्ट पुरस्कृत खुसी कार्की, स्वालम्बन परिवारका शंकर घिमिरे लगायतले नेपाली भाषा, साहित्य, संस्कृति र कलाको सम्बद्र्धनमा थाई–म्यान्मार समाजले खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।

समारोहमा परियोजनाका तर्फबाट शैक्षिक अभियन्ता नन्दलाल भण्डारी, इन्जिनियर कविन्द्र मानन्धर लगायतले लुमा शैक्षिक सामाग्री निर्माण, यसको प्रयोग र सामाग्रीको सहजिकरणका बारेमा चर्चा गरेका थिए ।
पुस्तक बिनै एक विद्युतीय लुमामार्फत् सामाग्री विद्यार्थीहरुले सहजै धेरै विषय पढ्न, सिक्न र ज्ञान हासिल गर्न सक्छन् ।

थाई नेपाली संघका पदाधिकारीले नेपाली साहित्य, संस्कृति र शिक्षाबारे नयाँ जानकारी, सूचना र जानकारी पाउँदा आफूहरु प्रसन्न भएको बताएका थिए । सहभागी सबैले आफ्नो पहिचान र मौलिकता जोगाउन यस्ता भेटघाट र सम्बन्धले महत्वपूर्ण कार्य गर्ने विचार पोखेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *