स्व.डा. सुवास लोहनीको कृति ‘सोमहोम’ र ‘जीवन वृक्ष’ लोर्कापण

news-details

स्व. डा. सुवास लोहनीद्धारा लिखित पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’को एक समारोहकाबीच लोर्कापण गरिएको छ । आध्यात्म जगत र सनातन धर्म संस्कृतिमा आधारित भएर लेखिएका दुवै पुस्तकमध्ये ‘सोमहोम’ २०७८ मै प्रकाशित भएको हो भने ‘जीवन वृक्ष’ पहिलो पटक सार्वजनिक गरिएको हो ।

काठमाडौंको कुञ्ज थिएटरमा आयोजित पुस्तक लोर्कापण समारोहमा बोल्दै प्रमुख अथितिसमेत रहेका योग तथा प्राकृतिक चिकित्सक विज्ञ डा. हरि प्रसाद पोखरेलले एउटा स्नायु शल्यचिकित्सक भएर पनि अध्यात्म क्षेत्रमा रुचि र लगनका साथ आउनु तथा भौतिक शरीर र आध्यात्मिक शरीरबीचको मिलनको खोजमा तल्लिन हुनु लोहनीको श्रेयस्कर यात्रा भएपनि खोजको प्रारम्भिक चरणमै यस्ता खोजकर्ता गुमाउनु यस विषयप्रति रुचि राख्नेका लागि दुर्भाग्य भएको बताए ।

‘हिजोको ज्ञान र आजको विज्ञान बुझेर भोलीको भविष्य सुन्दर बनाउने कला जस्ले बुन्न सक्छ त्यो नै सबैभन्दा सुखी र खुसी मानव हो’ डा. पोखरेलले भने ‘लोहनीका यी दुई पुस्तकमा धेरथोर यी ज्ञान पाइन्छ, यी पुस्तक सांस्कृतिक र आध्यात्मिक मिलनको खोजीमा पहिलो कोसेढुंगा सावित हुनेमा दुईमत छैन ।’

कार्यक्रममा बोल्दै स्व. लोहनीका गुरु चेतन थपलियाले जीवन र जगत जोडने एउटै पुल भनेकै शनातन धर्म रहेको यसको खोजमा रहेका लोहनीको अध्यात्मिक चिन्तन र शनातन धर्मबारेको बिचार उनका पुस्तकमा पाउन सकिने बताए । यस्तै अर्का गुरु रामचन्द्र पण्डितले विहानीले दिनको संकेत गरेझै यी दुई पुस्तकले लोहनीमा रहेको जिवन दर्शन सम्वन्धि अदभूत प्रतिभा उजागर भएको बताए ।

डा. जगमान गुरुङले शुभकामना सन्देशमा जीवन वृक्ष पुस्तक दर्शन र कलाको अनुपम संयोजन भएको बताएका छन्। कार्यक्रममा डा सुवासका सहपाठी, शिक्षक, सहकर्मी, सुभचिन्तक र परिवारले पुस्तकबारे समीक्षा र टिप्पणी गरेका थिए।

छोराको पुस्तकको लोकार्पण समारोहमा बोल्दै बुबा घनराज लोहनीले २०७८ सालको दसैंमा पुस्तक आफैंले प्रकाशन गरी हामीलाई उपहार दिने सुवासको योजना थियो, उनको योजना सफल बनाउन पुस्तक प्रकाशन गरिएको बताए ।

‘सोमहोममा आध्यात्मिक पक्षको सटिक विश्लेषण गरिएको छ । जीवन वृक्षमा योगसाधना, चेतना र मानव अस्तित्व एवम् विश्व बन्धुत्वको भावना सचित्र वर्णन गरिएको छ,’ उनले दुई पुस्तक सोमहोम र जीवन वृक्षबारे प्रकाश पार्दै भने।

लोहनीद्धारा लिखित ‘सोमहोम’ उपन्याश विधामा आधारित सिर्जना हो जसमा प्रेम, अध्यात्म र विद्रोहको चेत भरिएको छ भने ‘जीवन वृक्ष’मा जीव जगत र चैतन्य जगतको समन्वयात्मक दर्शन सचित्र प्रस्तुत गरिएको छ । दुवै पुस्तकमा भौतिक विज्ञान र अध्यात्म जगतको सुक्ष्म दृष्टिकोण पाउन सकिन्छ ।

बुवा घनराज लोहनीले पुस्तकबाट आर्जित रकम डा. सुवास लोहनीको स्मृतिमा ललितपुर माध्यमिक विद्यालयका विद्यार्थीलाई ‘चम्कीला तारा’ नामक पुरस्कारको रुपमा प्रदान गरिने बताए। डा. लोहनीको स्मृतिमा उनको कृतिको प्रचारप्रसारसँगै अनाथलयमा आर्थिक सहयोग गर्ने लोहनी परिवारको भनाइ छ।

वरिष्ठ न्युरोसर्जनसमेत रहेका डा. सुवास लोहनी चिकित्सक पेशाका साथै अध्यात्म जगतको खोजमा रहेकै अवस्थामा सन् २०२१ मा अत्पायुमै दिवंगत भएका थिए ।

उनको निधनपछि दुवै पुस्तक उनमा पिता धनराज लोहनीले प्रकाशन गरेका हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *