सिलाउदा नसिलाइने, एक्लो मन

news-details

च्यातिएको फेर
पसिना पुछेर
निचोर्दा
पिरिक्क फाट्यो
उध्रेको भए पो
फाटेको रहेछ
सिलाउदा नसिलाइने ।।।
एक्लो मन
अमुर्त कल्पनामा
सल्बलाउदा
च्वास्स दुख्यो
बाहिरि घाउ भए
मलम लगाउथे
भित्रीघाउको मलम
किन हो नपाइने।।।
सिरानिले टाउको
थिचे जस्तो भयो
निस्सासिएर
कोल्टे फेरें तर
कोल्टे फेर्दा
पिडा नफेरिने।।।
तोक्माले थेगेको
ढाकरको भार
बिसाउन्जेल मात्र हो
बिसाउदैमा भार
नसाटिने।।।
सगैको साथीले
सुसेले पछि
थाप्लोमा नाम्लो
मनमा पीर
आफ्नो भारी
आफै बोक्नै पर्ने।।।
अक्करको भिर
खप्परको बोझ
हात्ती छाप
भुक्के चप्पल
तिखो दर्शन ढुङ्गाले
छेडे पछि
पैतालोमा घ्वाच्च घोच्यो।
चप्पल फेर्दैमा
घाउ निको नहुने ।।।
यस पालि त
भुक्के चप्पल फेरे
पैतालोमा
भलायोको ठेलोले पोले
बाहिरी घउ त निको भयो
किन हो
भित्री घाउको
मलम नपाउने ???
किन हो फाटेको मन
सिलाउदा नअडिने ?
कोल्टे फेर्दा
पिडा नफेरिने ?

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *