सिलाउदा नसिलाइने, एक्लो मन
- बैशाख २२, २०८०
- 0
च्यातिएको फेर
पसिना पुछेर
निचोर्दा
पिरिक्क फाट्यो
उध्रेको भए पो
फाटेको रहेछ
सिलाउदा नसिलाइने ।।।
एक्लो मन
अमुर्त कल्पनामा
सल्बलाउदा
च्वास्स दुख्यो
बाहिरि घाउ भए
मलम लगाउथे
भित्रीघाउको मलम
किन हो नपाइने।।।
सिरानिले टाउको
थिचे जस्तो भयो
निस्सासिएर
कोल्टे फेरें तर
कोल्टे फेर्दा
पिडा नफेरिने।।।
तोक्माले थेगेको
ढाकरको भार
बिसाउन्जेल मात्र हो
बिसाउदैमा भार
नसाटिने।।।
सगैको साथीले
सुसेले पछि
थाप्लोमा नाम्लो
मनमा पीर
आफ्नो भारी
आफै बोक्नै पर्ने।।।
अक्करको भिर
खप्परको बोझ
हात्ती छाप
भुक्के चप्पल
तिखो दर्शन ढुङ्गाले
छेडे पछि
पैतालोमा घ्वाच्च घोच्यो।
चप्पल फेर्दैमा
घाउ निको नहुने ।।।
यस पालि त
भुक्के चप्पल फेरे
पैतालोमा
भलायोको ठेलोले पोले
बाहिरी घउ त निको भयो
किन हो
भित्री घाउको
मलम नपाउने ???
किन हो फाटेको मन
सिलाउदा नअडिने ?
कोल्टे फेर्दा
पिडा नफेरिने ?
0 प्रतिक्रिया
कांग्रेस महाधिवेशनमा ओली, प्रचण्ड र रवि लामिछानेलाई निम्तो

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूलाई निम्तो […]
दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात […]
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसका क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका […]
खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए

काठमाडौँ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । […]
एसियन गेम्स : समूह विजेता बन्दै नेपाल क्वाटरफाइनलमा

काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण रद्द […]










