‘आऊ तिमि र म सहमति गरौं’

news-details

आधा जिउ तिम्रो आधा मेरो गरौं
टाउको लिए पनि सहि छ
पुच्छर तिरको भए नि हुन्छ ।
अरु अङ्ग फेरि बाडौंला
तर आज पहिला तिमि र म
आधा आधा गर्ने सहमति गरौं ।

खाने आफ्नो बुता ले हो
खानेले नै लुकाउने गरौं ।
हल्ला आधा आधा गरौं
धन्दा आधा आधा गरौं ।
कमाई आफ्नो आफ्नो भए हुन्छ
खर्च आधा आधा गरौं ।
बोल्न जति बोले हुन्छ
गाली आधा आधा गरौं ।
आऊ आज तिमि र म
एउटा नयाँ सहमति गरौं

ठेक्का पट्टा आधा गरौं
ससुरालीलाई नै पारौं ।
मावली मितेरी भए सम्म भरौं।

नत्र ।।।

घरबेटीलाई नै गरौं ।
कमाई आ-आफ्नो हो है
मात्र माल आधा आधा गरौं ।
एउटाले सराप्दा अर्कोले धारे हात पारौं ।
भन्न सुन्न मिल्ने जति गाली गरौं ।
एक्ला एक्लै जे जे गरे नि हुन्छ
भेट्दा अङ्गालो मारौं ।
आऊ आज तिमि र म
एउटा नयाँ सहमति गरौं ।

आदर्शका कुरा गरौं
बिकासका कुरा गरौं
मर्ने बाच्ने तिम्रैलागि हो
सत्य सत्य भन्दै बाचा गरौं ।
हुने पनि गरौं नहुने पनि गरौं ।
तिम्रै लागि गर्छु भन्यौं ।।।

आफ्नो हुने मात्र गरौं ।
हल्ला आधा आधा गरौं
धन्दा आधा आधा गरौं ।
बोल्न जति बोले हुन्छ
गाली आधा आधा गरौं ।

आउ आज तिमि र म
एउटा नयाँ सहमति गरौं ।
भन्न सुन्न मिल्ने जति गाली गरौं ।
एक्ला एक्लै जे जे गरे नि हुन्छ
भेट्दा अङ्गालो मारौं ।
नयाँ युग थालनी गर्ने
तिमि र म एउटा सहमति गरौं ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *