लेखन कुन्ज नेपालले कतारमा सिर्जनात्मक लेखन प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै

news-details

नेपालमा प्रख्यात लेखन कुन्ज नेपालले कतारको दोहामा सिर्जनात्मक लेखन प्रशिक्षण कार्यक्रम राख्ने भएको छ ।

नेपालमा बिगत १० वर्ष देखि उत्कृष्ट साहित्यलाई प्राथमिकताका साथ प्रकाशन तथा सम्पादन गर्दै आएको घोष्ट राइटिङ नेपालका कमल ढकालले सो बारेमा जानकारी दिनुभएको हो ।

लेखन कुन्ज नेपालले कतारमा रहेर नेपाली साहित्य कर्ममा लागेकाहरुको लेख्यशैलीमा थप निखारता ल्याउन सहायक होस भनी यो कार्यक्रम आयोजना गर्न लागेको कुरा लेखन कुन्ज नेपालका ढकालले जानकारी दिनुभएको छ ।

हाल सम्म १६ औं सृंखला सम्म सिर्जनात्मक लेखन प्रशिक्षण पुर्ण गरिसकेको लेखन कुन्ज नेपालले कतारमा पनि सुन्दर साहित्य सिर्जना गर्ने सर्जकहरु रहेको बारेमा आफू जानकार रहेको र उहाँहरुलाई प्रशिक्षणको माध्यमबाट थप बौद्दिक ताकतको अभिबृद्दिको लागि सिर्जनात्मक लेखन प्रशिक्षण कार्यक्रम राख्ने योजना रहेको ढकालले बताउनुभयो ।

घोष्ट राइटिङले हालसम्म ४२१ जना साहित्यकार तथा लेखकको पुस्तक प्रकाशन गरिसकेको छ भने १ सय भन्दा धेरै पुस्तकको सम्पादन पनि गरिसकेको छ ।

घोष्ट राइटिङ नेपालका ढकाल डिसेम्बर ४ देखि डिसेम्बर १५ सम्म कतारमै रहने र आपसी सल्लाह गरी समयको अनुकूलता मिलाएर सो प्रशिक्षण कार्यक्रमको मिति तय गरिने कुराको बारेमा जानकारी दिनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *