कथा : खुब खुशी छ रमेश आज !

news-details

बिहानै उठ्ने बित्तिकै रमेश खुब खुशी देखिएको छ । काममा जान त छदै छ, तरपनि आधा छुट्टि लिएर ऊ आज आफ्ना साथीभाइलाई भेट्न जाँदैछ अमेरिकाको टेक्सास । नेपालीहरुको बाक्लै उपस्थिति छ टेक्सासमा ७ किमी सिमाना रहेको टेक्सास धेरै ठूलो राज्य हो । आफ्नो काम गर्ने ठाउँबाट ४/५ घण्टाको गाडीको यात्रामा ऊ टेक्सास पुग्छ ।

एउटै उद्देश्य छ उसको साथीभाईसँग उनीहरुका श्रीमतीहरुले पकाएको नेपाली खानाको स्वाद लिने । रमेशका जिब्राले नेपाली स्वाद नपाएको पनि लामै समय भइसकेको छ । कहिले पिज्जा त कहिले वर्गर खाएर बितेका हरेक रात ऊ नेपाली खाना सम्झन्छ । त्यही सम्झना मार्न ऊ टेक्सास जान लागेको छ । धार्मिक महत्व पनि रहने छ उसको यो पटकको टेक्सास यात्रामा । हिन्दुहरुको महान पर्व जनै पूर्णिमा पनि परेकोले ऊ क्वाटीसँगै जनै धारण गर्न पनि आतुर छ ।

रमेशले आफु बस्ने शहरमा नेपालीहरु मुस्किलले अहिलेसम्म ५ जना भेटेको छ । उसले आफ्नै स्टोरमा काम गर्ने श्याम, प्रविन र उसका साहु तथा उनका साथीहरु भेटेको हो । प्रविन रमेशको घर पार्टनर पनि हो । खुव खाना पकाउन रुचाउँछ प्रविन । भात मासु विभिन्न परिकार बनाउँछ ऊ हप्ताको ३–४ दिन ।

डिभी परेर आएको हो प्रविन अमेरिका । नेपालमा फिजियाथेरापिष्ट थियो प्रविन, यहाँ भने रमेश र प्रविन एउटै स्टोरमा काम गर्छन् । टेक्सास यात्राको कृष्ण हो प्रविन रमेशका लागि । नेपाल बस्दा रमेशले कताकति गाडि सिकेको थियो । अमेरिकाका बिशाल चौडा सडकमा गाडी हाक्ने आँट छैन उसको । यसै घर नजिक कम्युनिटिमा चाँहि कहिले काँही कुदाउँछ ।

दिउँसो २ बजेतिर नेपाली गीत कहिले तिमी र म घुम्न जाउन, त कहिले रेशम फिरिरि हो रेशम फिरिरि बजाउँदै टेक्सासतिर हुइकिए उनीहरु । बाटोको दायाँ बायाँ दिग्दार लाग्दो वातावरण छ, तर पनि साझमा साथीकोमा पुगेर रमाइलो गर्ने आशामा छन् दुबै ।

टेक्सासमा उनीहरुका साथीभाई धेरै छन् तर पनि सबैलाई भेट्ने योजना उनीहरुको छैन । एक मिल्ने साथीको परिवारसँग जनै पूर्णिमा मनाएर फर्कने योजना रहेको छ उनीहरुको ।

ज्यादै गर्मी छ यो समयमा अमेरिकाका दक्षिणी राज्यहरुमा । कतिमा त हाइ एलर्ट पन्जिरी भएको छ । राज्यै पिच्छेका नियम–कानुन, समय समयमा बडवाइजर त कहिले वडलाइटले गर्मी छल्दै यात्रा गरिराखेका छन् दुई दाजुभाई । यात्रा निरन्तर जारी छ । कहिले यु टर्न, कहिले दायाँ–बायाँ, कहिले ६० त कहिले ४० को गतिमा गाडी दक्षिणतिर बतासिदै छ ।

टेक्सासमा धेरै हिन्दु मन्दिर छन् । नेपाली–भारतीयको बाक्लो उपस्थितीले होला पशुपतिनाथ तथा अन्य मन्दिर यहाँ निर्माण गरिएको छ । बिवाह ब्रतवन्धको धेरै खबर सुनिन्छ रमेश बस्ने गाउँभन्दा यता टेक्सासको शहरमा । ४ घण्टाको समय काट्न आज धेरै गाह्रो भएको छ रमेशलाई । जब टेक्सासको सीमाना सुरु हुन्छ झन् ठूलो बाटो र गाडीका बथान भेटिए ।

साथीपनि घरमै छोरासँग खेल्दै रहेछन् । रमेशलाई देखेर साह्रै खुशी भए । दुई जनाको पुराना कुराले सँगै बस्ने सबैमा अचम्म छाएको थियो । कहिले पहिलो फोन किन्दाको कथा त कहिले पहिलो बाइक किन्दाको कथा । धेरै कथा सुने छेउछाउ बस्नेले । रातको खाना पनि धेरै मिठो बनेको थियो । भेजिटेरियन खाना थियो आज । भोली जनैपूर्णिमा भएकोले चोखो खानुपर्छ है ।

रमेशको सपना त्यहाँ तुइयो । खुव मासु भात खान ४ घण्टाको यात्रा गरेर आएको रमेशको थालमा बोडीको साग, मुन्टा, फर्सिको साथमा दाल भात र अचार आए । उसले खुलेरै भन्यो खुब मासु भात खान आएको होइन ल खा साग चिकेनको अनि फर्सि मटनको मासु सम्झेर । वातावरण रमाइलो भयो सबै खित्का छोडेर हाँसे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *