साहित्यकार भवानी खतिवडाको नियात्राकृति ‘घामभन्दा पहिले’ विमाेचन

news-details

साहित्यकार भवानी खतिवडाको नवीनतम नियात्राकृति ‘घामभन्दा पहिले’ प्रकाशित भएको छ । शिखा बुक्सद्वारा प्रकाशित उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा हिजाे आइतबार लोकार्पण भएको हो । शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेलको अध्यक्षता एवं साहित्यकार भुवनहरि सिग्देलको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा निर्मोही व्यास, युवराज नयाँघरे,अशेष मल्ल, प्रा.डा सावित्री मल्ल कक्षपती, नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल, साहित्यकार महेश पौड्याल, प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयका प्रमुख विष्णु भट्टराई, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष भोलानाथ पोखरेल नेपाल सरकारका सहसचिवद्वय सावित्री बराल र वासुदेव काफ्ले लगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयका प्रमुख विष्णु भट्टराई, नेपाल सरकारका पूर्व सचिव खगराज बराल, वरिष्ठ नियात्राकार निर्मोही व्यास, वरिष्ठ साहित्यकार युवराज नयाँघरेले कृतिकारलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

छोटो समयमा नै विशिष्ट कृतिको रचना गर्न सफल साहित्यकारलाई कवि निर्मोही व्यासले बधाई दिएका थिए । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष भोलानाथ पोखरेलले निजामती क्षेत्र र ट्रेड युनियन आन्दोलनकी अथक योद्धाको कलमबाट अत्यन्त कोमल, वैचारिक हिसाबले निखारिएको कृति जन्मिएकोमा हर्ष व्यक्त गरेका थिए । साहित्यकार महेश पौड्याल एवं साहित्यकार सावित्री कक्षपतिले कृतिको अध्ययन गरी आलोचनात्मक मन्तव्य व्यक्त गरेका थिए ।

नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल एवं सदस्य इल्या भट्टराईले भवानी खतिवडालाई आजीवन सदस्यताको प्रमाणपत्रसहित सम्मान व्यक्त गरेका थिए । विशिष्ट साहित्यिक व्यक्तित्व एवं नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको उपस्थितिमा सञ्चालित कार्यक्रमलाई सर्जक महेश क्षितिजले सञ्चालन गरेका थिए भने कार्यक्रममा हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, नेपाल सरकारका उपसचिवहरू मीरा आचार्य, नारदप्रसाद भट्टराई, विन्दा भट्टराई, दिव्यराज पोखरेल, जीवन भण्डारी, लीलानाथ भट्टराई, नेपाल सरकारका पूर्व सहसचिव मोहनप्रसाद वाग्ले, नेपाल सरकारका अधिकृतहरु रेणु तिम्सिना, जुनु भट्टराई, शोभा अधिकारी, दीपक दहाल, गुणराज भट्टराई, उपस्थित हुनुहुन्थ्यो । यसै गरी साहित्यकार कोषराज न्यौपाने, प्रह्लाद पोखरेल, गार्गी शर्मा, इल्या भट्टराई, सरस्वती अर्याल, राजेन्द्रमान डङ्गोल, प्रभाती किरण, नारायण निरासी, खोलाघरे साहिँलो, रञ्जु दहाल, माधव काफ्ले, पवन आलोक, रामचन्द्र घिमिरे, दिनेश पाण्डे, उत्तम भेटवाल, रञ्जना निरौला,वैरागी जेठा, सविता बराल रुपक अलङ्कार, उत्तम भट्टराई, उषा बस्ताकोटी, डा. रेणुका सोलु, गीता मैनाली, ईश्वरराज लोहनी, पारसनाथ आचार्य, रेजिना आपागाईं सिर्जना शर्मा लगायत एकसय चालीस जना साहित्यकार र साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *